साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

कोरोना नियन्त्रणका लागि आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

काठमाडौं । सरकारले मुलुकभर देखिएको कोरोनाको संक्रमणलाई ख्याल गर्दै जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरेको छ । कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो ।

नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ । त्यसका लागि मंगलबार उपप्रधानमन्त्री एंव कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक ईश्वर पोखरेलले देशबासीसँग अपिल गर्नुहुने भएको छ । उहाँले अपरान्ह ४ बजे देशवासीलाई नयाँ मापदण्डका बारेमा जानकारी गराउनुहुने बुझिएको छ । 

बैठकमा सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको विषयमा छलफल भएपनि तत्काल कुनै निर्णय भएको छैन । 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ११ बजे