साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नयाँ बर्षमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह् गर्नुहुनेछ । यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले २०७७ साललाई ‘पीडादायी वर्ष’को रुपमा चित्रित गर्नुहुनेछ । २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ ।

कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम ग¥यो र के उपलब्धी हासिल गर्‍यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने स्रोतले बताएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ५४ बजे