साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लागुऔषधसहित पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई हिजो प्रहरीले पक्राउ गरेको छ । 

    बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६१४३ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा धर्मेन्द्रलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    यस्तै, सोही ठाउँबाट ५४० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित सर्लाही हरिहरपुर नगरपालिका–४ घर भएका २३ वर्षीय यज्ञबहादुर श्रेष्ठलाई पनि  प्रहरीले पक्राउ गरेको जनाएको छ ।  

    सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ८७८७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यज्ञ बहादुरसँग उक्त लागुऔषध फेला परेको थियो । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ४७ बजे