साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘मेरो गन्तव्य देश विकास हो, जस पाउनका लागि होइन’: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उदेश्य  देश विकास गर्नुमात्र भएको बताउनुभएको छ । केपी ओलीले जस पाउने भयो भन्दै कामगर्न अबरोध पुरयाउनेप्रति लक्षित गदै उहाँले भन्नुभयो, ‘मेरो गन्तव्य भनेको देश विकास हो । मलाई जस चाहिदैन ।’ पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कुनैपनि हालतमा देश विकासको आफनो अभियानलाई कसैले रोकेर नरोकिने प्रष्ट पार्नुभयो । माधव नेपालपक्षसँग असन्तुष्टि व्यक्त गदै उहाँले भन्नुभयो, ‘छदाखादाको आफनो दुईतिहाईको सरकार ढालेर नेपाली काँग्रेस कहाँ प्रधानमन्त्री खाइदिनुस भनेर जानुको कारण के हो ? काममा अगाडि बढिरहेको सरकार ढाल्ने । अन्तरघातिहरु हुन यिनीहरु ।’ उहाँले आफनो ३ बर्षको समयमा निकै नै सास्तीले काम गर्नुपरेको बताउनुभयो ।

हिडन खोज्यो भने अगाडि बढनै नदिने , निउँ खोज्या छ, खोज्या छ, सधै बैठक भन्या छ, छलफल हुनुपरयो भन्या छ, म त हैरान नै भए उहाँले भन्नुभयो । माधव समुहसँग विहानदेखि बेलुकासम्म छलफलमा बस्दा कुर्सीभन्दा अरु नबुझेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो –‘छलफल के भन्दा मेरो त कुर्सि नै उडाइदिए भन्या छ । म हस्पिटलबाट आएको हुनाले कुर्सी अलि पर राखिदिएछन । त्यो मलाई थाहा पनि थिएन तर उहाँहरुको जहिल्यै त्यही कुरा, मेरो त कुर्सी नै छैन भन्या छ । ए बाबा कुर्सी सारेर बसे भईगयो नी, पार्टीको काम छलफल भनेको सधै किचकिच मात्रै गर्ने हो ?’ ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौँ । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’

प्रधानमन्त्री ओलीले आफूलाई जति भने पनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे सहेर बस्न नसकिने बताउनुभयो । उहाँले अबको केहि समयभित्रै नेपाल अल्पविकसित राष्ट्रबाट विकासशिल राष्ट्रको सूचीमा समेटिने बताउनुभयो ।
 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ३६ बजे