पहिरोमा परी भोजपुरमा एक जना बेपत्ता

भोजपुर । भोजपुरमा पहिरोमा परेर एक जना बेपत्ता हुनु भएको छ । 

भोजपुर  नगरपालिका वडा नम्बर २, हेलौछा छोक्ला निवासी पासाङ तामाङ पहिरोमा परी बेपत्ता हुनु भएको हो । बिहीबार बिहान करिब १० बजेको समयमा नजिकैको झयालसिंगे जङ्गलमा एक्कासी भिर सहित आएको पहिरोमा परि पासाङ बेपत्ता हुनु भएको वडाध्यक्ष प्रसाद तामाङले जानकारी दिनुभयो । 

दिनभर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरुले खोजी कार्य तीव्र बनाएको भएपनि  भेट्न नसकिएको तामाङले बताउनुभयो । शुक्रवार बिहानैबाट खोजी कार्यलाई पुन निरन्तर दिइने छ । पहिरोको ढुङ्गा माटो हटाउनका लागि समस्या भएको छ । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ४५ बजे