काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणका दुई सन्दिग्ध चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चीन जान लाग्दा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ । उनीहरू तस्करीको कालोसूचीमा थिए ।
सुन तस्करी प्रकरणमा चिनियाँ कनेक्सनको अनुसन्धान गरिरहेको प्रहरीले सोही क्रममा यी दुईजनालाई पक्राउ गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।
पछिल्लो समय यो प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ ।
प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ८ : ४६ बजे
प्रतिक्रिया