कानूनमन्त्री धनराज गुरूङ अस्पताल भर्ना

काठमाडौं । कानूनमन्त्री धनराज गुरूङ अस्पताल भर्ना हुनुभएकाे छ ।

ब्लड प्रेसर र मुटुको धडकन कम भएपछि उहाँ  महाराजगञ्गस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएकाे हाे ।

सिंहदरबारस्थित मन्त्रालयमा काम गरिरहेका बेला उहाँलाई एक्कासी असजिलो भएको थियो।

अहिले उहाँको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : २७ बजे