सुनको मूल्यमा नयाँ कीर्तिमान

पाकिस्तानको संसद् भंग, ९० दिनभित्र आम निर्वाचन हुने

काठमाडौँ – पाकिस्तानको संसद् भंग गरिएको छ ।  राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यरातमा संसद् भंग गर्नुभएको हो । 

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् भंग गर्नुभएको बीबीसीले जनाएको छ । 

संसद्को कार्यकाल सकिन तीन दिन बाँकी रहँदा संसद् भंग गरिएको हो । मन्त्रिपरिषद् पनि भंग भएको छ । तीन दिनभित्रै नयाँ कार्यवाहक प्रधानमन्त्री चयन गरिने समाचारमा उल्लेख छ । 

पाकिस्तानमा अब ९० दिनभित्र आम निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १ : ५७ बजे