सुनको मूल्यमा नयाँ कीर्तिमान

उत्तर कोरियाका राष्ट्रपतिबाट सेनाका शीर्ष जनरल बर्खास्त

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेका छन् । 

जनरल चिफ अफ द जनरल  स्टाफ पाक सु इलको बर्खास्तपछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशन समेत दिएका छन् ।

रोयटर्सका अनुसार किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

राज्य नियन्त्रित मिडिया केसीएनएले विवरण नदिई सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताएको छ । तर, रि लाई रक्षा मन्त्रीको पदमा कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट भएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ४९ बजे