तीन प्रदेशमा वर्षाको सम्भावना

सर्पको टोकाईबाट बालिकाको मृत्यु

बैतडी । बैतडीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फेउली निवासी रगी चन्दकी१६ बर्षिया छोरी अनिता चन्दको मृत्यु भएको हो । 

जवलपूर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत चन्दको गएराती सर्पको टोकाइबाट मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चन्दले बताउनुभयो । 

मृतक बालिका महिनावारी भएकाले अलग्गै कोठामा सुतेको अवस्थामा सर्पले टोकेको आफन्तले बताएका छन् । 

यस ठाउँमा महिनावारी भएका बेला छाउपडी गोठ नभएपनि अलग्गै कोठामा सुत्ने गरिन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ४७ बजे