साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ मा बस्दै

काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ६ र ७ गते बस्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको हो ।

बैठकले समसायिक विषयमा पार्टीको धारणा तय गर्नुका साथै पार्टीको आन्तरिक कार्यबिभाजनसमेत गर्ने कार्यसूची रहेको छ । यसअघि एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी रहने ब्यवस्था गरेको थियो भने प्रदेश र इञ्चार्ज र अध्यक्ष–सचिव हेरफेर गरेको थियो । बैशाख ६ र ७ गते बस्ने बैठकले बिशेष निर्णय लिने एमाले नेताहरुले बताएका छन । बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : १५ बजे