साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बाढीले बगायो नेपाल–भारत सीमा स्तम्भ

कैलाली । कैलालीको मोहना नदीको बाढीले नेपाल–भारत सीमा स्तम्भ बगाएको छ। 

धनगढी उपमहानगरपालिका–९ भैंसीघाटस्थित रहेको नेपाल र भारत सीमा छुट्याउने सीमा स्तम्भ बाढीले बगाएको हो।

अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयाे।

अविरल वर्षापछि कैलालीका नदीनालामा पानीको बहाब बढेको छ। ठाउँ ठाउँमा नदीले डुबान र कटानको समस्या निम्त्याएको छ।  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीका अनुसार अहिलेसम्म करिब २ सय भन्दा बढी घर डुबानमा परेकोका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ०७ बजे