तीन प्रदेशमा वर्षाको सम्भावना

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, १५ घाइते, ३ गम्भीर

दाङ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ।  रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको हो ।

मंगलबार दिउँसो १ बजे भएको  दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरले जानकारी दिनुभयो। 

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको प्रहरीले जनाएको छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  २ : ३८ बजे