घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय र चाँदी २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै, आज नेपाली बजारमा चाँदी प्रतितोला २४ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ११ : ३४ बजे