तीन प्रदेशमा वर्षाको सम्भावना

मदन भण्डारीमार्ग सुचारु, कान्तिलोकपथ अझै अवरुद्ध

मकवानपुर। पहिरोका कारण अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँ जोड्ने दुई सडक मार्ग मध्ये एउटा सुचारु भएको छ । गएरातिदेखि अवरुद्ध बनेको मदन भण्डारीमार्ग अन्तरगत हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको हो । 

मदन भण्डारी मार्ग अन्तरगत हेटौँडा–भैँसे–भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डको मकवानपुरको भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो जाँदा गएराती देखि अवरुद्ध सडक आज बिहानबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

यता कान्ति लोकपथ सडक खण्ड भने गएरातीदेखि अवरुद्ध रहेको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको र अहिले पनि खुलाउन नसकिएको कार्कीले जानकारी दिनुभयो । सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको तर, लगातार पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ४५ बजे