सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

डेंगुको कारण पाल्पामा एकको मृत्यु

पाल्पा । पहाडी जिल्ला पाल्पामा पनि डेंगु सङ्क्रमणको जोखिम बढेको छ । पहाडी जिल्ला पाल्पामा डेंगुकै कारण एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नं.–६, बर्तुङ लामीडाडाँकी ६९ वर्षीया महिलाको हिजो मृत्यु भएको हो ।

साउन १६ गते डेंगु संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । डेंगु संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गर्दै आएकी महिला पुनः स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा आएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउन महिना लागेपछि १३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।  जिल्लामा पाल्पा र रामपुर अस्पतलसँगै तानसेनको युनाइटेड मिसन, लुम्बिनी मेडिकल कलेज गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ०६ बजे