तीन प्रदेशमा वर्षाको सम्भावना

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन–नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । 

पहिरो पन्छाउन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : २३ बजे