सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भयावह बन्दै डेंगी, आठ हजारमा संक्रमण, सातको मृत्यु

काठमाडौँ । देशभर डेंगीको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्तसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो ।

यस अवधिमा सात जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । 

यस वर्ष नेपालमा डेंगीका चार वटै सेरोटाइप देखिएको छ ।

सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : १२ बजे