सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

‘विश्वस्तरीय शिक्षणमा मदन भण्डारी विश्वविद्यालय सफल हुन्छ’

पाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नव स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन र अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

ललितपुरमा आज आयोजित सो विश्वविद्यालय उद्घाटन सम्मेलनमा उहाँले विश्वविद्यालयले विज्ञान तथा प्रविधि सम्बन्धी उच्च शिक्षाका लागि सफलता प्राप्त गर्ने  र विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन तथा अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको हो । 

“सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विश्वविद्यालय सफल हुनेछ”, मन्त्री राईले भन्नुभयो, “धेरै चुनौतीलाई पार गर्दै विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि मदन भण्डारी विश्वविद्यालयले सफलता प्राप्त गर्नेछ ।”

सम्मेलनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरुपमा अध्ययन अनुसन्धानका लागि उक्त विश्वविद्यालय र लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौतासमेत सम्पन्न भएको छ ।  

विसं २०७६ वैशाखमा मदन भण्डारी विज्ञान तथा प्रविधि विकास बोर्डको स्थापनासँगै विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको थियो । 

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा राजेन्द्रध्वज जोशी र उद्योगका अध्यक्ष दीपक पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

विश्वविद्यालयले मकवानपुरको चित्लाङमा डिसेम्बर १, २०२३ देखि देशको वास्तविक जीवन आवश्यकतामा केन्द्रित हुने गरी अनुसन्धानमा आधारित स्नातकोत्तर र पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ । 

सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेश अनुरूप ज्ञान र प्रविधिको सिर्जना तथा अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पना गरिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  २ : ५५ बजे