यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

किसानको समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नेछु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानहरूको समस्याको समाधानको लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्ने बताउनुभएको छ । 

सामाजिक सञ्चालनमा आएका कमेन्ट र म्यासेजहरूको प्रतिक्रिया दिनुहुँदै अध्यक्ष ओलीले किसानका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग आग्रह गर्ने बताउनुभयो । 

''आइतबार पोष्ट गरेको जङ्गली जनावरहरूबाट किसानहरूको बालीनालीलाई मार परेको तस्बिरमा तपाईँहरूका कमेन्ट र म्यासेजहरू प्राप्त भएका छन् । कतिपय साथीहरूले गाईमा लाग्ने लम्पी स्किन रोगको कुरा पनि राख्नुभएको छ । कमेन्ट र म्यासेज पठाएर यो छलफलमा सहभागी हुनुभएकोमा तपाईँहरू सबैलाई धन्यवाद'',अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ''कमेन्ट र म्यासेजहरू पढ्दा यो समस्या विकराल छ भन्ने महसुस भयो । केही कमेन्टको स्क्रीनसट पनि पोस्ट गरेको छु । आज म प्रधानमन्त्री पुष्पकमल दाहालसँग मेरो भेट पनि हुँदैछ । तपाईँहरूले पठाउनु भएका समस्या, सल्लाह र सुझाव अनुरूप समाधानको लागि पहल गर्न आग्रह गर्नेछु ।''

अध्यक्ष ओलीले आइतबार बाँदरले सखाप पारेको मकै बारीको तस्बिर आफ्नो सामाजिक सञ्चालनमा पोष्ट गर्नुभएको थियो । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ३६ बजे