यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

संसद्को अवरोध हटाउन सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्नुहुँदै

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ । 

सभामुख घिमिरेले आज संसद् बैठक बस्नअघि दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । 

सभामुख घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन आज मध्याह्न १२ः०० बजे दलका शीर्ष नेतासँग बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ः०० बजे बस्दै छ ।

सभामुख घिमिरेले आइतबार पनि सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन ।  

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : ३९ बजे