सुनको मूल्यमा नयाँ कीर्तिमान

अवैध लागू औषधसहित नौ जना पक्राउ 

काठमाडौं ।  चन्दननाथ नगरपालिका-६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने  १८ वर्षीय किशोरसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।  

सर्लाही, मलंगवा नगरपालिका-१ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय सरोज साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दिपक रानालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  ।  

चितवन, रत्ननगर नगरपालिका-२ टाँडीचोकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका(३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित ईलाम मङसेबुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : १६ बजे