सुनको मूल्यमा नयाँ कीर्तिमान

घाँस काट्न गएकी महिलाको घाँटी रेटी हत्या 

सल्यान । सल्यानमा एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् ।

 

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत फेला परेकी हुन् । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजी कार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन् ।

 

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयवासीले बताएका छन् ।  घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगी अनुसन्धान  गरी  रहेको  छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : ३१ बजे