साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाँकेमा ७८ पिसिआर गर्दा ४१ जनामा कोभिड संक्रमण

नेपालगञ्ज । बाँकेमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ७८ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । बाँकेमा चैत यता तीब्र गतिमा कोरोना फैलिरहेको छ । चैत महिनामा मात्र हालसम्म १ सय ९६ जना संक्रमित भएका छन् । भेरी अस्पतालमा ५४ जना उपचाररत छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : ४० बजे