सुनको मूल्यमा नयाँ कीर्तिमान

फिफा महिला विश्व कप फुटबलमा आज प्रि–क्वाटरफाइनल अन्तर्गत दुई खेल हुँदै

काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा आज प्रि–क्वाटरफाइनल अन्तर्गत दुई खेल हुँदै छन् । 

आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् ।

नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे अस्ट्रेलियाको सिड्नीमा हुने छ ।

यस्तै, आजै अष्ट्रेलियाको मेलबर्नमा हुने खेलमा अमेरिकाले स्विडेनको सामना गर्नेछ । खेल पौने तीन बजे सुरु हुनेछ । चार पटकको च्याम्पियन अमेरिका र तीन पटक तेस्रो स्थान प्राप्त गरेको स्विडेनबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् । प्रतियोगिता अगस्ट २० सम्म चल्ने छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : ३२ बजे