तीन प्रदेशमा वर्षाको सम्भावना

सिन्धुपाल्चोकमा राष्ट्रिय युवा संघको वृक्षारोपण

चौतारा । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले सदरमुकाम चौतारामा वृक्षारोपण गरेको छ ।

चौताराको रानीपोखरीमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेताहरू शेरबहादुर तामाङ, गोकुल बास्कोटा, गुरु बराललगायत नेताहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको एक महिने वृक्षारोपण अभियान अन्तर्गत यस कार्यक्रम जिल्लामा पनि आयोजना गरिएको केन्द्रीय सदस्य अभिषेक तिवारीले बताए । कार्यक्रम अब जिल्लाको सबै पालिकामा सञ्चालन गरिने जिल्ला अध्यक्ष सुरज लामाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : १९ बजे