सुनको मूल्यमा नयाँ कीर्तिमान

फुटबलको विकासका लागि ‘बनेपा फुटबल एकेडेमी’ स्थापना

बनेपा । जिल्लामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई वटा क्लबको सहकार्यमा बनेपामा फुटबल एकेडेमी स्थापना गरिएको छ । 

बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा बनेपा फुटबल एकेडेमी स्थापना गरिएको हो । 

एकेडेमी स्थापनासँगै यसले ७ वर्षदेखि १७ बर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षणसमेत दिन सुरु गरिसकेको छ । एकेडेमीले अहिले ६० जना बालबालिकालाई बनेपा पोलिटेक्निकको मैदानमा फुटबल प्रशिक्षण दिइरहेको छ । 

काभ्रे जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा स्थापना गरिएको एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहनुभएको छ । छन् । 

यस्तै सदस्यहरूमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा बागमती प्रदेश फुटबल संघका अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटबल संघ काभ्रेका अध्यक्ष विकास नारायण श्रेष्ठ रहनुभएको छ । 

एकेडेमीले पत्रकारहरू विनोद न्यौपाने र केशवराज पौडेललाई पत्रकारिता क्षेत्रबाट सदस्यमा मनोनीत गरेको छ ।

बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टिमसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले एकेडेमीमा जिल्लाभरका बालबालिकाहरू प्रशिक्षणका लागि सहभागी भएका छन् । एकेडेमीले निकेश नापितलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । 

 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : २३ बजे