सुनको मूल्यमा नयाँ कीर्तिमान

पाकिस्तान : ओकारा नजिकै डुङ्गा पल्टिँदा ७ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारा नजिकै डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ ।

एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै सो बारे जानकारी दिएको छ । स्रोतका अनुसार डुङ्गा अत्यधिक भारका कारण पल्टिएको हो । डुङ्गामा ५० भन्दा बढी मानिस सवार थिए । नदीबाट सात जनाको शव निकालियो भने धेरै यात्रुले ज्यान जोगाउन सफल भएका थिए । पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले सम्बन्धित अधिकारीहरूलाई उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

यसअघि उमरकोट जिल्लाको धोरो नारो नजिक कलंकर तालमा डुङ्गा पल्टिँदा कम्तीमा छ जनाको मृत्यु भएको एआरवाई न्युजले जनाएको छ । यसैगरी सेहर फकिर दरबारमा श्रद्धाञ्जलि अर्पण गर्न दश जना चढेको डुङ्गा पल्टिँदा छ जनाको डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी र उद्धार टोलीले पोखरीबाट तीन बालबालिकाको शव निकालेको छ । अन्धकारका कारण उक्त क्षेत्रमा उद्धार कार्य रोकिएको र बेपत्ता भएका तीन जनाको खोजीका लागि बिहान पुनः शुरु गरिने एआरवाई न्युजले जनाएको छ । 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : ५३ बजे