तीन प्रदेशमा वर्षाको सम्भावना

दोलखामा पहिरोमा परेर गम्भीर घाइते भएका दुईजनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । दोलखामा पहिरोमा परेर गम्भीर घाइते भएका दुईजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

४० वर्षका यज्ञबहादुर थामी, उनकी पत्नी ३९ वर्षीया धनमाया थामीलाई काठमाडौं ल्याइएको हो ।

पहिरोमा परेर टोपबहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेमा स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीया देवीमाया मगर रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : २५ बजे