सुनको मूल्यमा नयाँ कीर्तिमान

स्वीडेनमा सांस्कृतिक महोत्सवमा झडप हुँदा ५० जना घाइते

स्टकहोम । स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ ।  झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएको स्विडेनी प्रसारक  एसभिटीले  उल्लेख गरेको छ।

करिब १,००० एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुङ्गा प्रहार गरेको स्विडेनी  सञ्चार माध्यमले जनाएको छ । 

तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया-थीम्ड फेस्टिभल आयोजना गरिदै आएको छ । 
हाल, हजारौं इरिट्रियन मूलका मानिसहरू स्वीडेनमा बसोबास गरिरहेका छन्।

प्रहरीले भने कि हिंसात्मक दङ्गा, आगजनी र आपतकालीन सेवाहरूको तोडफोडका बारेमा अनुसन्धान शुरु गरिएको  जनाएको छ ।  
 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : ४८ बजे