साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सामाखुसी खोलामाथिको ढलान भत्काउँदै महानगर

काठमाडौं । महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ ।

सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्दारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।

खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । 

महानगरले सामाखुसी,रानीबारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ । केहि दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्दारमा समस्या भएको थियो । 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : ४५ बजे