सुनको मूल्यमा नयाँ कीर्तिमान

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

वासिङ्टन । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । 

आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ ।  

जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न हालै बेइजिङ पुग्नुभएका अमेरिकी जलवायु दूत जोन केरीलाई चीनका उपराष्ट्रपति हान झेङले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न चीन तयार रहेका तर त्यसका लागि चीनका राजनीतिक माग पूरा हुनुपर्ने सर्त अघि सार्नुभएको थियो । 

पारस्परिक सम्मानमा आधारित चीन–अमेरिका सम्बन्धलाई अघि बढाउन बेइजिङ तयार रहेको, जलवायुसम्बन्धी मुद्दामा पनि बहस गर्न प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुनेमा उहाँले जोड दिनुभएको सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी विषयलाई लिएर अमेरिका र चीनबीचको मतभेद अझ बढेको छ । तत्कालीन अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीले ताइवा भ्रमण गर्दा  चिसिएको वासिङ्टनसँगको बेइजिङसँगको सम्बन्ध जलवायु परिवर्तनका असरलाई लिएर अझ बिग्रिएको छ  । 

सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जन बन्द गर्ने र सन् २०६० सम्ममा कार्बन न्यूट्रल बन्ने लक्ष्य प्राप्तिमा चीन बाधक हुन नहुनेमा अमेरिकाको जोड छ । 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ४४ बजे