यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको परिषद्को बैठकले सर्वोच्च अदालतको यही २० गते रिक्त हुने प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, बैठकले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोग र मुस्लिम आयोगका सदस्य नियुक्तिको प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको अध्यक्ष  तिमिल्सिनाले जानकारी दिनुभयो ।

यही २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ०४ बजे