यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक परिषद्को बैठक सुरु 

काठमाडौँ ।  संवैधानिक परिषद्को बैठक सुरु भएको छ । 

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

यसअघि, मङ्गलवार बसेको परिषद्को बैठक भने निष्कर्षविहीन टुङ्गिएको थियो । प्रधानन्यायाधीशको नाम सिफारिस बारे दलहरूले सहमति जुटाउन नसक्दा मङ्गलवारको स्थगित भएको बैठक आज पुनः बसेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ । 

यही २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ । त्यसपछि सर्वोच्च कामुको भरमा चल्ने देखिएको छ । यसअघि २०७८ फागुन १ देखि २०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ५ : ४८ बजे