यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कोशी प्रदेशमा आफ्नो सरकारले उच्चतम प्रगति हासिल गर्‍यो : हिक्मत कुमार कार्की

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफूले छोटो समयमा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारी काम गरेको बताउनुभएको छ । 

आज विज्ञप्ति जारी गर्दै कार्कीले प्रदेशको नामकरण गर्नु आफ्नो मुख्य उपलब्धिका रूपमा लिनुभएको छ । उहाँले कोशी प्रदेश सरकारले संघीय सरकार र अन्य प्रदेश सरकारको भन्दा उच्चतम प्रगति हासिल गरेको बताउनुभएको छ । यस्तै आफ्नोभन्दा अगाडिको सरकारमा भएका आर्थिक एवं वित्तीय अराजकता नियन्त्रण गरेको बताउनुभयो । 

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान उलंघन गरेको बताउनुभएको छ । यस्तै उहाँले  उद्धव थापाको नेतृत्वमा  बनेको सरकारलाई बधाई दिनुभएको छ ।  

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : ५३ बजे