यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कोशीमा निर्लज्जताको पराकाष्ठा, अधिनायकवादतर्फको यात्रा : पूर्वमुख्यमन्त्री कार्की

काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको शपथ समारोहमा संविधान र सर्वोच्चको फैसलाको अनुसार व्यवस्थापन नभएको भन्दै  आपत्ति जनाउँनु भएकाे छ । उहाँले  यो कदमलाई 'निर्लज्जताको पराकाष्ठा र अधिनायकवादतर्फको यात्रा' भएको टिप्पणी गर्नुभयाे । 

शपथ समारोहमा उहाँलाई पूर्वमुख्यमन्त्रीको रुपमा मात्र छुट्टै सिट तल व्यवस्थापन गरिएको थियो । निवर्तमान मुख्यमन्त्रीको रुपमा सिट व्यवस्थापन गरेर शपथपछि उक्त सिट नयाँ मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने प्रचनललाई पालना नभएकोमा कार्कीको असन्तुष्टी थियो । सर्वोच्चको फैसलाले थापाको यसअघिको नियुक्ति असंबैधानिक भनेपछि निवर्तमान मुख्यमन्त्री आँफै भएको कार्कीको जिकिर छ ।

'निर्लज्जताको पराकाष्ठा, के यो अधिनायकवादतर्फको यात्रा : आज कोशी प्रदेश प्रमुख कार्यालयद्वारा नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्वीकार गरेनन्,' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ , 'यस घटनाबाट संविधानको सर्वोच्चता, कानुनी राजको उपहासमात्रै गरेनन्, सर्वोच्च अदालतको फैसला र हाम्रा अभ्यासहरूलाई कुल्चिएर स्वेच्छाचारिताको नमुना पेस गरेका छन् ।'

मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बुधबार अपराह्न पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ३३ बजे