तीन प्रदेशमा वर्षाको सम्भावना

उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन् ।

पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो ।

११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : २३ बजे