तीन प्रदेशमा वर्षाको सम्भावना

प्रधानमन्त्री निवास अगाडी निर्माण व्यवसायीको प्रदर्शन

काठमाठौं । सरकारले निर्माण व्यवसायीहरुका माग सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।

निर्माण व्यवसायीहरुले रकम भुक्तानी, निर्माण कार्यको म्याद थप, मूल्य समायोजन र उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् ।

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै उनीहरुले तत्काल भुक्तानी उपलब्ध गराउन माग गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ११ : १७ बजे