तीन प्रदेशमा वर्षाको सम्भावना

चौतारा–काठमाडौँ अब विद्युतीय गाडी

चौतारा – सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो । 

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गर्नुभएको हो । पहिलो चरणमा १०÷१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौँमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ । यात्रुले पानी, वाइफाइ तथा क्युआर पेमेन्टको सुविधा पाउने उहाँले बताउनुभयो । 

विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताउनुभयो ।
 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : १६ बजे