काठमाडौँ । राजस्व अनुसन्धान विभागले १ क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।
विभागले ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो । उक्त होटलका सञ्चालक छिरिङलाई आज बिहान विभागले पक्राउ गरेको हो ।
विभागले हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि होटल भियनामा छापा मारेको हो । विभागले सो होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेर अनुसन्धान सुरु गरेको छ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरू देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।
१ क्विन्टल सुन तस्करी प्रकरणमा हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार १२ : १९ बजे
प्रतिक्रिया