तीन प्रदेशमा वर्षाको सम्भावना

ट्रक दुर्घटना हुँदा दुई जना घाइते

दाङ । दाङस्थित लमही–घोराही सडक खण्डमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। 

बुटवलबाट फलामको पाइप बोकेर तुलसीपुरतर्फ जाँदै गरेको ना४ख ८४८७ नम्बरको ट्रक घोराही उपमहानगरपालिका–३ मसोटमा पल्टिँदा दुई यात्रु घाइते भएका हुन् । लमही नगरपालिका–२ निवासी १८ वर्षीया रबिना चौधरी र १६ वर्षीया करुणा चौधरी घाइते भएको प्रहरीको भनाइ छ।

ट्रकको हावा पाइप फुटेपछि साइड लगाएर रोक्ने क्रममा भार थाम्न नसकी ब्याक भएर ट्रक सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रवत्ता डिएस्पी राजनकुमार गौतमले बताए। 

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : १२ बजे