सुनको मूल्यमा नयाँ कीर्तिमान

चक्लेट खान दिएर महिलामाथि बलात्कार, नग्न फोटो र भीडीओ खिचेर ब्ल्याकमेलिङ

 

काठमाडौं । काठमाडौंको कलंकीमा एक महिलालाई चक्लेट खान दिएर बेहोस बनाई बलात्कार गर्नुका साथै नग्न भीडीओ र फोटो खिचेको पाइएको छ। चक्लेटमा बेहोस हुने औषधि मिसाएर खान दिई बेहोस भएपछि बलात्कार गरेर नग्न बनाएर फोटो र भीडीओ बनाएको पाइएको हो।

महिलालाई बेहोस बनाएर बलात्कार गरी नग्न बनाएर फोटो, भीडीओ खिचेर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-१४ का २८ वर्षीय सनिस पौडल छन्। 

उनीविरुद्ध जबरजस्ती करणी र आपराधिक एक्टर्सनको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। 

कलंकीमा गेष्टहाउस सञ्चालन गर्दै उनले एक महिलालाई बेहोस बनाएर बलात्कार गर्नुका सार्थै नग्न फोटो, भीडीओ खिच्दै बार्गेनिङ गरेको पाइएको छ। 

ती महिलाको होटलमा ग्राहक बनेर एक/दुई पटक पुगेका एक युवाले महिलाको मोबाइल नम्बर लिएर गएका थिए। त्यसपछि उनले ती महिलासँग ह्वाट्स एपमा कुरा गर्दै आफू काठमाडौं आउँदै गरेकाले एउटा कोठा बुक गरिदिन भनेका थिए। 

गेष्टहाउसमा पुगेपछि १० मिनेटपछि बाहिर निस्केर सनिसले चक्लेट किनेर ल्याइदिएको छु भन्दै ती महिलालाई खान दिएका थिए। चक्लेट खाएपछि ती महिला भने बेहोस भएकी थिइन्। होस आउँदा आफू ४०१ नम्बर कोठामा नग्न अवस्थामा रहेको ती महिलाले बताएकी छिन्।

आफू होस्मा आएपछि महिलाले आफू बलात्कृत भएको थाहा पाइन्। त्यसको केही दिनपछि बलात्कार गर्ने सनिसले नै तिनै महिलालाई ह्वाट्स एपमा उनका नगन तस्बिर र भीडीओ पठाउँदै ब्ल्याकमेलिङ गर्दै रकम माग गरेका थिए। रकम नदिए नग्न तस्बिर र भीडीओ सार्वजनिक गर्ने भन्दै सनिसले रकम मागेपछि महिलाले उनलाई १ लाख रुपैयाँ दिएका थिइन्। 

त्यसको केही दिनपछि पुनः ब्याल्कमेलिङ गर्दै सनिले ती महिलासँग १० लाख रुपैयाँ माग गरेका थिए। रकम नदिए श्रीमान्, आफन्त लगायतलाई नग्न तस्बिर र भीडीओ पठाउने धम्की दिएपछि ती महिलाबाट ३ लाख नगद, २ तोलाको सुनको सिक्री, १ तोलाको सुनको औठौं, १ तोलाको सुनको चुरा समेत महिलाबाट सनिसले लगेका थिए। 

यसपछि पनि पुनः ब्ल्याकमेलिङ गर्दै रकम माग गर्दै ती महिलालाई उनले हैरानी दिने गरेका थिए। ब्ल्याकमेलिङ गर्ने युवकलाई दिन पैसा नभएपछि तनावमा आएकी ती महिला अन्तिममा प्रहरीको शरणमा पुगेकी थिइन्।

बलात्कार गर्ने र उल्टै ब्ल्याकमेलिङ गर्दै निरन्तर रकम माग गर्न थालेपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि सनिसलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। अहिले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ३७ बजे