साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले अध्यक्ष ओलीको घरमा साङ्गीतिक माहौल

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा बिहीबार राती साङ्गीतिक माहौल भएको छ । 

अध्यक्ष ओलीको घरमा शास्त्रीय सङ्गीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनुभएको थियो। शास्त्रीय सङ्गीतका साधकहरूले सुनाउनुभएको मेघ मल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठासले रमाइलो भएको अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘शास्त्रीय सङ्गीतका साधकहरूले सुनाउनुभएको मेघ मल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद !’

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ०४ बजे