सुनको मूल्यमा नयाँ कीर्तिमान

महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ

बर्दिबास । महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साह पक्राउ परेका छन् । मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो । 

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।
 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १२ : ०८ बजे