आजको माछा, फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य ९०, टनेल गोलभेँडा सानो ५६, घिउ सिमी लोकल ३०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भई कारोबार भइरहेको छ । 

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी २६० रुपैयाँ ,गाजर ९०, बन्दा लोकल ८, मूला रातो २५, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रु ४०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ५०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ । 

समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नास्पाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अङ्गुर ५००, किवी ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनियाँ ७०,लसुन हरियो ९०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ४०, भेडे खुर्सानी ८० मा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १० : २१ बजे