सुनको मूल्यमा नयाँ कीर्तिमान

थप साढे ११०० थान ब्रेक शु बरामद

काठमाडौं । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिना भित्र आयात गरेको सबै ब्रेक शुभित्र सुन लुकाएर ल्याएको आशंका राजश्व अनुसन्धान विभागले गरेको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक शु फुक्लिएको पाइएको छ । त्यसबाट तस्करले सुन झिकेर लगेको हुनसक्ने विभागको अनुमान छ । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ९ : २२ बजे