तीन प्रदेशमा वर्षाको सम्भावना

पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु

पोखरा । पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका—९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा- २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

बुधवार दिउसो क्यानोनिङ गर्ने क्रममा घाइते भण्डारीको उपचारका लागि पोखराको मणिपाल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ४२ बजे