सुनको मूल्यमा नयाँ कीर्तिमान

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  २ : ०४ बजे