धरहराबाट उपत्यका नियाल्ने रहर

बराइलीको ‘तीजको बेलामा’ सार्वजनिक

काठमाडौँ । गायक एवं सर्जक सुजन बराइलीको तीजको गीत ‘तीजको बेलामा’ सार्वजनिक भएको छ । 

महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा उक्त तीज बजारमा आएको हो ।  

गीतमा सुजन बराइली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द र सङ्गीत गायक बराइलीकै रहेको छ । कुमार केसीको निर्देशन रहेको उक्त गीतमा प्रशान्त मगरको कोरियोग्राफी, दीपक गिरीको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ । गीतमा निक्स शर्मा र रुविना अधिकारीले अभिनय गर्नुभएको छ । 

गायक बराइलीले यसअघि ‘मल्लाज दरबार’, ‘जिउन सिकायो’, ‘मेरो प्यारो मल्लाज गाउँ’, ‘तीजको बो नाच बरिलै’, ‘विश्वकर्मा बाबा’, ‘पर्वते ठिटो’, ‘मायामा भुलियो’, ‘बोलाइ पासो भो’, ‘सालैजो’, ‘अन्त नजर लाउन छोड्ने छु’ र ‘शोकले मरिन्छ कि भोकले’लगायत लोकदोहोरी र भजन गीत सार्वजनिक गरिसक्नुभएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : २९ बजे