पाँचथर । पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
मंगलबार दिउँसाे फिदिम नगरपालिका-२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।
मृतककाे सनाखत भएकाे छैन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीहरूमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार २ : ०९ बजे
प्रतिक्रिया